संखुवासभाको सभापोखरीमा गठबन्धन विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

संखुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी भएका छन्। एमालेका रत्न सुब्बालाई ७०२ मतले पछि पार्दै लिम्बू विजयी भएका हुन्। 
     
विजेता लिम्बूले तीन हजार सात मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले दुई हजार ३०५ मत प्राप्त गरे। सुब्बा यसअघिका गाउँपालिका अध्यक्ष थिए। उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) की लक्ष्मी चापागाईं दुई हजार ४३९ मत ल्याएर विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सविता बरालले दुई हजार ३७६ मत प्राप्त गरिन्।     
     
त्यस्तै वडा १ को वडाध्यक्षमा एमालेका ईश्वर पुलामी मगरले ६६० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धनबहादुर बुर्जा मगरले ५४८ मत प्रप्त गरे। वडा २ मा एमालेका राजकुमार राईले ५८८ मत ल्याएर विजयी भए। कांग्रेसका डिकप्रसाद सुवेदीले ४३३ मत ल्याएर पराजित भएका हुन्। उनी यसअघि वडाध्यक्ष थिए। वडा ३ मा एमालेका दिलबहादुर तामाङले ५९९ मत ल्याएर विजयी भएका छन्। 
     
 त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विवेक घलेले ३२२ मत प्राप्त गरे। वडा ४ मा कांग्रेसका शुक्रराज लिम्बूले ३४१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन राईले २११ मत प्राप्त गरे। 
     
 वडा ५ मा कांग्रेसका मनिष लिम्बूले २३२ मत ल्यएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एस) का यमबहादुर सुब्बाले २०८ मत ल्याए। सुब्बा यसअघिका वडाध्यक्ष थिए। वडा ६ मा नेपाली कांग्रेसका जितेन्द्र वनेम (लिम्बू)ले ६७९ ल्याएर विजयी भएका छन् भने एमाले विकास पौडेल ४५४ मत प्राप्त गरेर पराजित भएका छन्। रासस
 

सम्पादकको रोजाइ

सुझावित समाचार