भरतपुर-२ मा पनि कांग्रेस विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् । एमालेका कृष्ण केसीलाई ४७ मतान्तरले पराजित गर्दै  गठबन्धनका तर्फबाट रानाभाट विजयी भएका हुन । केसीले २०५८ मत ल्याउँदा  रानाभाटले २१०५ मत ल्याएका थिए । वडा सदस्यको सबै पदमा भने एमाले विजयी भएको छ । 

यस अघि भरतपुर १ मा पनि कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका थिए । सो वडामा कांग्रेसबाट एक महिला सदस्य र बाँकी वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

महानगरपालिकाको ८०८५ मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २९१८ र एमालेका विजय सुवेदीले २९१५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले ३१९६ र राप्रपाका हिमला गुरुङले २३१६ मत प्राप्त गरेका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार