नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता कायमै

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। गठबन्धन दलले दुईवटा वडामा जिते पनि नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। उनले तीन हजार सात सय ९६ मत पाएका छन्। 

त्यसैगरी, एमालेका पशुपतिदयाल मिश्रले एक हजार सात सय ५१ र राप्रपाका नन्दलाल वैश्यले एक हजार ६ सय ७० मत पाएको निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। 
उपमेयरमा गठबन्धन दलको तर्फबाट जसपाका उम्मेदवार मोहम्मद कमरुद्धिन राईले अग्रता लिइरहेका छन्। उनले दुई हजार आठ सय ४५, राप्रपाकी बिन्दु घर्तीमगरले एक हजार सात सय ७४ र एमालेकी शान्तिदेवी ढकालले एक हजार एक सय ९० मत पाएका छन्। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, २, २२ र २३ को मतगणना सम्पन्न भएको छ। पछिल्लो मत परिणामअनुसार, एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक–एक वडा जितेका छन्।
वडा नं. १ मा एमालेका प्रमोद रिजाल विजयी भएका छन्। वडा नं. २ मा राप्रपाका मनोज श्रेष्ठ विजयी भएका छन् भने वडा नंं. २२ मा जसपाका अब्दुल गफार हलवाई र वडा नं. २३ मा नेपाली कांग्रेसका जब्बार अलि बेहना निर्वाचित भएको निर्वाचन अधिकृत तिवारीले जानकारी दिए।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार