ललितपुरमा चिरिबाबुको अग्रता कायमै, मतगणनास्थल थपियो

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाएका छन्। हालसम्मको मतगणनाअनुसार नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछि पार्दै उनले एक हजार १८ मत ल्याएका हुन्। ब्यञ्जनकारले ४ सय ६८ मत प्राप्त गरेका छन्। 

ललितपुर महानगरपालिकाभित्र वडा नम्बर १ को मतगणना सकिएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले जितेका छन्। हाल महानगरको वडा नम्बर २, ३ र ४ को मतणगना जारी छ। मतगणना ढिलो भएपछि तीन स्थानबाट मतगणना गर्न थालिएको छ। 

ललितपुर महानगरको उपमेयरमा गठबन्धनबाट नेकपा माओजादी केन्द्रका बाबुराज बज्राचार्यले २६७ मत पाएका छन् भने एमालेकी मञ्जली शाक्यले ४४४ मत पाएकी छिन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार