धनगढी उपमहानगरमा मतान्तर बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकाको मेयरमा सुरुवातबाटै अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्। ५१२६ मत गणना हुँदा हमालले २२६६ मत प्राप्त गरेका छन्। गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर बडले १३६० मत पाएका छन्। बड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्। नेकपा एमालेका मेयरका उम्मेदवार रणबहादुर चन्द तेस्रो स्थानमा छन्। 

उनले ४२४ मत प्राप्त गरेका छन्। गणना भइरहेका वडामा स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिइरहेका छन्। उपमेयरमा भने गठबन्धनबाट माओवादीकी शान्ति अधिकारीले सुरुवातबाट अग्रता लिएकी छिन्।    
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार