काठमाडौं महानगरमा बालेनकै अग्रता

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले झन्डै दोब्बर मतले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाटै अन्य उम्मेदवारभन्दा अग्रता लिएका उनले हालसम्म ३ हजार ५३२ मत प्राप्त गरेका छन्। 

त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ८५६ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ६६८ मत प्राप्त गरेकी छिन्। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको मतगणना जारी छ। काठमाडौं महानगरमा एक लाख ९० हजार १७० मत खसेको थियो।
 

सम्पादकको रोजाइ

सुझावित समाचार