चितवनको माडीमा मतगणना स्थगित

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

चितवनको माडीमा स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा विवाद भएको छ। वडा नम्बर २ को मतगणनाको क्रममा विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्दै छ। वडाका आफ्ना उम्मेदवार विजयी भएको भन्दै माओवादी केन्द्रले विजय जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्ने माग राख्दै विरोध गरेको छ। 

निर्वाचन अधिकृत माडी नगरपालिकाका चूडामणि शर्मा गौतमले आधिकारिक सूचना नभई सामाजिक संजालको सूचनालाई आधिकारिक मान्दा विवाद सिर्जना भएको बताएका छन्। उनले माडी २ को अन्तिम नतिजा भने सार्वजनिक भइनसकेको भन्दै बताएनन्।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार