सुरुंगा नगरपालिका १ मा एकीकृत समाजवादी विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

सप्तरीको सुरुंगा नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का छत्रबहादुर राउत (राजकुमार) प्यानलसहित निर्वाचित भएका छन्। राउतको विजयसँगै एकीकृत समाजवादीले सप्तरीमा पहिलो खाता खोलेको हो।

कलम चिह्नबाट वडाध्यक्ष पदका प्रत्याशी राउत ६०१ मतसहित सिंगो प्यानल नै निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय सुरुंगाले जनाएको छ। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का तेजनारायण चौधरीले चार सय ९६ र नेकपा (एमाले)का केदारकुमार कार्कीले चार सय ११ मत प्राप्त गरेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षसहित प्यानल नै जितेको एमालेले पार्टी विभाजनपछि उक्त वडा गुमाउन पुगेको छ। उक्त निर्वाचनमा पनि निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका चौधरीले योपटक ८४ मत कम ल्याएका  छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार