बुटवलमा कांग्रेसको अग्रता, एमालेका भट्टराई हजारभन्दा बढी मतले पछाडि

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। मतगणनाको पछिल्लो विवरणअनुसार यहाँ प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराईभन्दा एक हजार ९७ मतले अगाडि छन् ।

बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार पाण्डेले दुई हजार नाै सय ४८ मत प्राप्त गर्दा एमालेका भट्टराईले एक हजार आठ सय ५१ मत प्राप्त गरेका छन् । 

राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले आठ सय ७८ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा एमाले उम्मेदवार सावित्रादेवी अर्यालले दुई हजार एक सय ३१ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले एक हजार सात सय ६६ मत प्राप्त गरेका छन् । 

राप्रपा उम्मेदवार भगवती पाण्डेले एक हजार ४८ मत प्राप्त गरेकी छिन्। बुटवलमा वडा नम्वर १ र २ को गणना सम्पन्न भएको छ। वडा नम्बर १९ र ३ को मत गणना अहिले जारी रहेको छ।

बुटवल उपमहानगरपालिकामा सत्तागठबन्धनका बीच प्रमुख र उपप्रमुखमा तालमेल रहेको छ। त्यस्तै, एमाले र जनमुक्ति पार्टीका बीच तालमेल रहेको छ । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार