रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर सविन २१२२ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १५०६ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादी केन्द्रकी शर्मिला बुढामगर दुई हजार १२२ मतका साथ विजयी भएकी छिन्। उनका प्रतिद्वन्द्वी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका रायबहादुर पुनले एक हजार चार सय ८७ मत ल्याए। थवाङमा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी गठबन्धन बनाएका थिए ।