मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन विजयी भएका छन्। ११४४ मत ल्याउँदै गौचन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार बालकुमारी शेरचनले १०५५ मत ल्याइन् ।
उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार सोमल हिराचन १११२ मतका साथ विजयी भएका छन् । एमालेका उम्मेदवार सुमिता शेर्पाले १०८० मत प्रप्त गरिन् ।