नरैनापुर गाउँपालिका : अझैँ सुचारु भएन मतगणना

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

नरैनापुर गाउँपालिकाको मतगणना अझैँ सुचारु हुन सकेको छैन । मतगणनामा सहभागी पालिकामा कार्यरत कर्मचारीले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत संख्या बढाएको भन्दै एमाले र जनता समाजबादी पार्टी (जसपा) ले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । 

मतगणनामा कार्यरत पालिकामा कार्यरत कर्मचारीहरुलाई हटाएर नयाँ ल्याउनु पर्ने र गणना भएको मत पुनः गणना गर्नुपर्ने माग गरेपछि मतगणना स्थगित भएको एमालेका नेता सोहनलाल यादवले जानकारी दिए । उनले मतगणनामा सहभागी चार जना कर्मचारीलाई हटाएर जिल्लाबाट थप ६ जना कर्मचारी नरैनापुर आइसकेको बताए ।

‘काँग्रेसका अध्यक्षका उम्मेदवार रामचन्द्र मौर्यले तीन सय ८ मत पाउनु भएको थियो । मतगणनामा सहभागी कर्मचारीले बढाएर तीन सय ८० घोषणा गरेपछि विरोध भएको हो,’ उनले भने, ‘मतगणनामा सहभागी भएका कर्मचारीलाई हटाएर जिल्लाबाट नयाँ कर्मचारी ल्याएपछि मतगणना सुरु गर्ने सहमती भएको छ ।’

उनले मतगणना सुचारु गर्न सर्वदलिय बैठक बोलाइएको बताए । पुनः मतगणना गर्ने या पुरानैलाई सदर गर्ने विषयमा सर्वदलिय बैठक बोलाइएको उनको भनाई छ । ‘सर्वदलिय बैठकले जे निर्णय गर्छ सोही अनुसार अगाडी बढ्छौँ,’ निर्वाचन अधिकृत रेशम आचार्यले भने । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार