सिराहाको भगवानपुर गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले)की ५९ वर्षीया मीरादेवी यादव निर्वाचित भएकी छिन्। निर्वाचित मीरादेवीले ६ सय तीन मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका बद्रीनारायण यादवले पाँच सय १६ मत प्राप्त गरेका छन् ।
यसैगरी, बहुजन शक्ति पार्टीका रमेनकुमार मण्डलले चार सय ८४ र नेपाली कांग्रेसका सुभाषकुमार यादवले दुइर् सय २९ मत प्राप्त गरेका छन्। अहिलेसम्म सार्वजनिक मतपरिणामअनुसार सिराहामा वडाध्यक्षमा निर्वाचित हुने पहिलो महिला मीरादेवी हुन्।