रामेछापको मन्थली नगरपालिका– १ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल (रामहरि) विजयी भएका छन्। पौडेल ९२० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका दिनेशराज सुवेदीले ७८४ मत प्राप्त गरेका छन्।
वडामा पौडेलसहित सो पार्टीबाट उम्मेदवार बनेका बहुमत सदस्य विजयी भएका छन्। कांग्रेसले एक महिला वडा सदस्य र एक खुला सदस्य जितेको छ भने एक दलित महिला सदस्य र एक खुला सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका पौडेल यसअघि ०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडासदस्य पदमा निर्वाचित भएका थिए। निर्वाचित वडाध्यक्ष पौडेल २०६२–०६३ सालमा भएको जनआन्दोलनका घाइतेसमेत हुन्।