बाग्लुङको तमानखोलामा कांग्रेसका उम्मेदवार विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढामगर र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका छन् । जोकलाल बुढामगर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

बुढाले २,७०७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवबहादुर पुनले १,९९५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा छन्त्यालले २,७६८ मत ल्याएर नेकपा माओवादी केन्द्रका निसु रसाईलीलाई पराजित गरेकी छन् । 

रसाइलीले १,९५८ मत प्राप्त गरेकी छिन् । जिल्लामा अन्य स्थानीय तहमा कांग्रेस माओवादीको गठबन्धन भए पनि त्यहाँ हुन सकेको थिएन । यस्तै पालिकाका पाँच वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

ताराखोला गाउँपालिका– १ मा यमबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ जितबहादुर खत्री र ५ नम्बर वडामा मनबहादुर खत्री विजयी भएका हुन् । गाउँपालिकामा वडासदस्यबाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भएका हुन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार