वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामा आउने क्रम जारी छ। काभ्रेमा १३ वटा स्थानीय तहमा १३५ वडा रहेको छ। जसमा १४ वडाको मत परिणाम आइसकेको हो।
निर्वाचन अधिकृतहरूका समाचार तयार पार्दासम्म काभ्रेमा नेपाली कांग्रेसका उम्मेदवार ५, नेकपा (एमाले)का उम्मेदवार ५ जना र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ३ जना र एकजना बागी उम्मेदवार गरी १४ वडा अध्यक्षमा निर्वाचित भएका छन्।
नेपाली काग्रेसको तर्फबाट बनेपा वडा नं. २, धुलिखेल १, भुम्लु २, बेथानचोक १ र मण्डन २ मा वडाध्यक्ष निर्वाचित भएका छन्। यसैगरी एमालेबाट धुलिखेल २ र ३, मण्डन १, पनौती २ र भुम्लु ३ मा वडाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी, माओवादी केन्द्रतर्फबाट भुम्लु १, खानीखोला १ र महाभारत १ मा वडाध्यक्षमा निर्वाचित भएका छन्। नमोबुद्ध १ मा बागी वडाध्यक्ष निर्वाचित भएका छन्। नामोबुद्ध- १ मा नेपाली कांग्रेस पार्टीले टिकट नदिएपछि प्रेमबहादुर लामा बागी उम्मेदवार बनेका थिए।