गलकोटका ६ वटा वडाको मतगणना सकियो, गठबन्धन ५ र एमाले एउटा वडामा विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

बाग्लुङस्थित गलकोट नगरपालिकाका ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । गलकोट नगरपालिका वडा- १ मा गठबन्धका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लालबहादुर रानाले १,१०६, गलकोट नगरपालिका वडा- २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिमबहादुर भण्डारी ७६३  सहित विजयी भएका छन् । 

त्यस्तै, गलकोट नगरपालिका वडा- ३ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस फमबहादुर खत्रीले १,०४० मतसहित विजयी बन्दा गलकोट नगरपालिका वडा नम्बर ९ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका तेजबहादुर थापा ७९९ मतसहित र गलकोट नगरपालिका– १० मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भक्तबहादुर काउचा ९७२ मतसहित सम्पूर्ण प्यानलनै विजयी भए । 

गलकोट नगरपालिका वडा- ११ मा नेकपा एमालेका डम्मरबहादुर श्रीस ९७३   मतसहित विजयी बन्दा वडासदस्यहरुमा गठबन्धनका उम्मेदवारहरू विजयी बनेको निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए । अहिले गलकोट गरपालिका वडा नम्बर ४ र ८ को मत गणना भइरहेको उनले जानकारी दिए । 

सम्पादकको रोजाइ

सुझावित समाचार