रसुवाको २७ मध्ये १४ वडाको मतगणना सकियो

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । रसुवाको २७ वटा वडामध्ये हालसम्म १४ वटा वडाको मतगणनाको कार्य सम्पन्न भएको छ ।  २७ वटा वडामध्ये १४ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले ८, कांग्रेसले ५ र माओवादीले एक वडामा जितेको छ । कालिका १ मा माओवादीको प्यानल, कालिका– २ मा कांग्रेस प्यानल, नौकुण्ड– १ मा कांग्रेस प्यानल, नौकुण्ड– २ मा एमाले प्यानल, आमाछोदिङमाे–१ एमाले प्यानल, आमाछोदिङमाे–२ मा कांग्रेस प्यानल, आमाछोदिङमाे–२ मा एमाले प्यानल विजयी भएको छ । 

यस्तै गोसाइँकुण्ड– १ मा एमाले प्यानल, गोसाइँकुण्ड– २ मा कांग्रेस प्यानल, गोसाइँकुण्ड–३ मा एमाले प्यानल, गोसाइँकुण्ड– ४ मा कांग्रेस प्यानलले जितेको छ । उत्तरगया–१ मा एमाले, उत्तरगया– २ मा एमाले र उत्तरगया– ३ मा पनि एमाले वडाध्यक्ष पद जितेको छ । गोसाइँकुण्ड– १ मा नेकपा नेकपा एमालेका उर्केन छिरिङ तामाङले ३९५ मत ल्याएर विजयी भए ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा तामाङले ३६५ मत ल्याए । 

गोसाइँकुण्ड– २ मा नेपाली कांग्रेसका कामी छिरिङ तामाङले १९७ मत ल्याएर विजयी भए ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उर्किन तामाङले १८७ मत ल्याए । गोसाइँकुण्ड– ३ मा नेपाली एमालेका मिङमार छिरिङ तामाङले  २६० मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डुक्तार  तामाङले १६७ मत ल्याए । 

गोसाइँकुण्ड–४ मा नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १६६ मत ल्याएर विजयी भए ।  उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्बा लामाले १३६ मत ल्याए । नौकुण्ड– १ मा नेपाली कांग्रेसका कान्छा तामाङले ५६९ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३८६ मत ल्याए । 

नौकुण्ड– २ मा नेकपा एमालेका ङाफु याल्बो थोक्रा ४६५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३३४ मत ल्याए । उत्तरगया– १ मा नेकपा एमालेका मारसिङ तामाङ ५६० मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४९६ मत ल्याए ।

उत्तरगया– २ मा नेकपा एमालेका टुकु सुवेदी ३६८ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले २९९ मत ल्याएर पराजित भए । उत्तरगया– ३ मा नेकपा एमालेका लालबहादुर तामाङ ४५१ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ४२१ मत ल्याएका छन् । 

कालिका– १ मा माओवादी केन्द्रका दावा तामाङ ५६६ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छेवाङ सेनाम तामाङले ५४८ मत ल्याए ।कालिका– २ मा नेपाली कांग्रेसका उमेशबहादुर न्यौपाने ९०७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम लोप्चनले ७६६ मत ल्याए ।

आमाछोदिङमाे गाउँपालिका– १ मा नेकपा एमालेका साङ लामा तामाङ २९० मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए । आमाछोदिङमाे गाउँपालिका– २ मा नेपाली कांग्रेसबाट ल्हाक्पा कामी तामाङ २५७ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अकाल तामाङले १९३ मत ल्याए ।  आमाछोदिङमाे–३ मा नेकपा एमालेका सुरेन्द्र तामाङले ३२८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कामी नाम्ग्याल तामाङले २ ८१ मत ल्याए । 

See More On

सुझावित समाचार