प्युठानका १९ वडाको मतपरिणाम सार्वजनिक, को-कहाँ विजयी ?

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

प्युठानका १९ वडाको निर्वाचन परिणाम सार्वजनिक गरिएको छ । जिल्लाका ६४ वडामध्ये १० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको हो ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस ५, नेकपा माओवादी केन्द्र ५, नेकपा एमाले ४, राष्ट्रिय जनमोर्चा ४ र  स्वतन्त्र (विप्लव) १ बाट वडा अध्यक्षमा निर्वाचित भएका छन् । ऐरावती गाउँपालिका १, माण्डवी गाउँपालिका २, प्युठान नगरपालिका १, प्युठान नगरपालिका २ र गौमुखी गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । स्वर्गद्वारी नगरपालिका १, प्युठान नगरपालिका २ , ऐरावती गाउँपालिका २, नौबहिनी गाउँपालिका ८ र सरुमारानी गाउँ पालिका ५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका हुन् ।

त्यसैगरी, नौबहिनी गाउँपालिका १, झिमरुक गाउँपालिका १, सरुमारानी ४ र ६ गरी ४ वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएमा छन् । मल्लरानी १, २, प्युठान नगरपालिका ५ र स्वर्गद्वारी नगरपालिका २ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भए भने नेकपा (विप्लव) समूहबाट १ वडा अध्यक्ष विजयी भएका हुन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार