मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा– १० को मतगणना स्थगित भएको छ।
मतगणना गर्ने क्रममा ४७ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको भेटिएको छ। त्यसलगत्तै मतगणना कार्य स्थगित गरिएको हो। यद्यपि, सोही नगरपालिकाको १ नम्बर वडाको मतगणना कार्य जारी छ।