बाग्लुङको ताराखोलामा माओवादी केन्द्रका उम्मेदवार विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

बाग्लुङको ताराखोला गाउँपालिकामा गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक १९५ मतान्तरले विजयी भएका छन् । विकले २,२८५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी निर्वतमान गाउँपालिका अध्यक्ष स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले पुतली चिह्नमा २,०९० मत प्राप्त गरेका हुन् । 

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोका विजयी छन् । उपाध्यक्षमा नेकपा (एमाले)की प्रतिद्वन्द्वी छममाया घर्ती थिइन् । उपाध्यक्षमा भीमबहादुर रोकाले ३,४०३ मत प्राप्त गरेर भए भने घर्तीले ५६१ मत प्राप्त गरे । 

यस्तै, पालिकाका पाँच वडामै गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ताराखोला गाउँपालिका–१ मा यमबहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्ण बहादुर भण्डारी, ४ जितबहादुर खत्री र ५ नम्बर वडामा मनबहादुर खत्री विजयी भएका छन् । गाउँपालिकामा वडासदस्यबाहेकको पदमा गठबन्धनको प्यानलै विजयी भयो । 

सुझावित समाचार