बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २,७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २,११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १,२०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका राम खाती ३,१५० मत ल्याएर विजयी भएका छन् ।
उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २,५८७ मत ल्याइन् । त्यस्तै, थलारा गाउँपालिका– ५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन् ।
थलारा गाउँपालिकामा वडामा विजयी हुनेहरू
१. रवीन्द्र जोशी (माओवादी)
२.रवीन्द्र खाती (एमाले)
३. प्रकाश भण्डारी (माओवादी)
४. रामचन्द्र जोशी (कांग्रेस)
५. नरबहादुर खाती (कांग्रेस)
६.अनिलकुमार विष्ट (एस)
७. किस्ने सार्की (एमाले)
८. कविराज जोशी (एमाले)
९.लोकेन्द्र विष्ट (एस)