ललितपुरमा कांग्रेसबाट उपमेयरमा उम्मेदवार नभए पनि चुनाव चिह्नमा खस्यो ३३० मत

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरको उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार नभए पनि चुनाव चिह्नमा ३३० मत खसेको पाइएको छ। महानगरमा गठबन्धनबाट कांग्रेसका मेयर र माओवादीबाट उपमेयरका उम्मेदवार छन्। तर, उपमेयरमा कांग्रेसको चुनाव चिह्नमा मत खसेको छ।

गठबन्धनबाट उपमेयरमा बाबुराज बज्राचार्य उम्मेदवार छन्। हाल उनले १८१ मत प्राप्त गरेका छन्। उपमेयरमै नेकपा एमालेकी मञ्जली शाक्य बज्रचार्यले ४४४ मत पाएकी छिन्।

सम्पादकको रोजाइ

सुझावित समाचार