म्याग्दे गाउँपालिका- १ मा नेकपा एमालेका उम्मेदवार मणिभद्र वाग्लेले ६ सय ९९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा, नेकपा एमालेका मीनबहादुर गुरुङ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल र दलित सदस्यमा नेकपा एमालेकै केशरी सुनार निर्वाचित भएका छन् । ०७४ को निर्वाचनमा यो वडामा कांग्रेसले विजयी हासिल गरेको थियो ।