सर्लाहीको हरिपुर नगरपालिका– १ मा माओवादीका उम्मेदवार नानीबाबु थापा अध्यक्षमा निर्वाचित भएका छन् । थापा सात सय ८० मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गुन्जबहादुर बलम्पाकीले पाँच सय ५० मत मात्र प्राप्त गरे ।
यस्तै, हरिपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) अग्र स्थानमा देखिएको छ । केन्द्रका उम्मेदवार सुनील बुढाथोकी दुई हजार ३९ मतसहित अग्रस्थानमा देखिएका छन् । यस्तै, १९ सय ८१ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा, एक हजार दुई सय ६९ मतसहित नेकपा एकीकृत समाजवादी तेस्रो र सात सय ९३ मतसहित नेकपा एमालेका उम्मेदवार चाैथाे स्थानमा छन् ।
उपमेयरतर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार एक हजार नौ सय ९६ मतसहित अग्रस्थानमा देखिएकी छिन् भने एक हजार ६ सय ८६ मतसहित माओवादी केन्द्रकी उम्मेदवार दोस्रो, एक हजार तीन सय ८७ मतसहित नेपाली कांग्रेसकी उम्मेदवार तेस्रो र नाै सय ४८ मतसहित नेकपा एमालेका उम्मेदवार चौथो स्थानमा देखिएकी छिन् । हरिपुर नगरपालिका– ९ मा यसअघि नै नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भइसकेका छन् ।