नुवाकोटको बेल्कोटगढीमा माओवादीका उम्मेदवार लामाको अग्रता

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

नुवाकोटको बेल्कोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत बहादुर लामाले अग्रता लिइरहेका छन् ।वडा नम्बर १, २ र १३ को मतगणनामा लामाले नौ सय ६२ मत ल्याएका छन् । एमालेका उम्मेदवार राजेन्द्ररमण खनालले सात सय २८ मत ल्याएका छन् ।

 वडा नम्बर १ को मतगणना सकिएको छ भने २ र १३ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा लामालाई हराएर खनाल मेयरमा निर्वाचित बनेका थिए ।

अहिले लामालाई कांग्रेसको पनि साथ रहेको छ । कांग्रेसले गठबन्धनका तर्फबाट शिव दाहाललाई उपमेयरमा उम्मेदवार बनाएको छ । पछिल्लो मतपरिणाम अनुसार दाहालको ६ सय दुई मत रहेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार