दोलखाको बैतेश्वर गाउँपालिका– ८ को वडाध्यक्षमा एमालेका शान्त जिरेल निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाको नतिजाअनुसार जिरेल नेपाली कांग्रेसका ढालबहादुर सापकोटालाई पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
बैतेश्वर– ८ क्षेत्रपामा एमालेबाट शान्त जिरेल, कांग्रेसबाट ढालबहादुर सापकोटा र माओवादी केन्द्रबाट तक्त जिरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।