तामाकोसी गाउँपालिका– १ को अध्यक्षमा एमालेका उम्मेदवार वसन्त थापा निर्वाचित भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका थापा सात सय १९ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
तामाकोसी– १ भिरकोटमा उनीसँगै उनको प्यानलले नै जित हात पारेको छ । भिरकोटमा वडासदस्यहरूमा पनि एमालेले नै जित हात पारेको छ । थापा कांग्रेसका रामजी खड्कालाई पराजित गर्दै विजयी भएका हुन् ।