काठमाडौं महानगर : बालेन ५९० मतले अगाडि

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको पछिल्लो जानकारीअनुसार स्वतन्त्र उम्मेदवार शाहको एक हजार पाँच सय ७५ मत आएको छ । एमालेका उम्मेदवार केशव स्थापित नाै सय ८५ मतसहित बालेनलाई पछ्याइरहेका छन् ।

त्यस्तै, गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले आठ सय २५ मत ल्याएकी छन् भने राप्रपाको एक सय ९१ मत आएको छ । सुरुवातदेखि नै अग्रता लिएका बालेन स्थापितभन्दा पाँच सय ९० मतले अगाडि छन् । अहिले काठमाडौं महानगरपालिका वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार