दोलखाको भीमेश्वर नगरपालिका– १ मा कांग्रेसको प्यानलै विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको भीमेश्वर नगरपालिका– १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार माधव थामीको प्यानलै विजयी भएको हो ।

थामी नाै सय ९६ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै थामी विजयी भएका छन् ।

सो वडामा दुई हजार दुई सय ७८ मत खसेको थियो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको गृहगाउँ भीमेश्वर– १ मा ३० वर्षपछि कांग्रेसले नेतृत्व लिएको हो । यस्तै, भीमेश्वर नगरपालिका– २ मा मतगणना सुरु भएको छ ।

सुझावित समाचार