दैलेखको नौमूले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदी नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढामगरलाई पराजित गर्दै विजयी भएका हुन् ।
छवि सुवेदीले तीन हजार दुई सय मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले दुई हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शशिराम विकले एक हजार नाै सय २० मत प्राप्त गरेका छन् ।
नौमूले गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार गगनबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार आठ सय ३४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष अमृता सिंहले दुई हजार चार सय पाँच मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका रिता चन्दले एक हजार नाै सय १८ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा विजयी उम्मेदवार गगनबहादुर शाही नेपाली कांग्रेसको गाउँपालिका सभापति पद छोडेर एकीकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचन लडेका थिए ।
नौमूलेमा नेपाली कांग्रेस र नेकपा एमाले एक्लाएक्लै निर्वाचनमा होमिएका थिए भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट असन्तुष्ट भएर गएका गंगबहादुर शाहीको गठबन्धन थियो ।