ललितपुरको महाँकाल गाउँपालिका– ६मा कांग्रेसका चौँरेल विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

ललितपुरको महाँकाल गाउँपालिका– ६ ठूलादुर्लुङको वडाध्यक्षमा पाँच सय २० मतसहित गठबन्धन (रूख) का विनोद चौँरेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका रमण बन्जाराले चार सय २८ मत ल्याएका छन् । हालसम्म ललितपुरका पाँच वटा वडाको मतगणमा सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका– १ मा कांग्रेसका श्रीराज  थापा, बागमती गाउँपालिका– १ मा कांग्रेसका ज्ञानबहादुर लो, महाँकाल गाउँपालिका– ६ मा कांग्रेसकै विनोद चौँरेल, कोञ्ज्योसोम गाउँपालिका– १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम गाउँपालिका– २ मा एमालेका रोहण लामा विजयी भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार