गुल्मीदरबार गाउँपालिकामा नेपाली कांग्रेसका सरोजकुमार थापा विजयी भएका छन् । थापाले ६ हजार एक सय ६६ र एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्णबहादुर भुसालले पाँच हजार ६ सय दुई मत प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी तारा थापा ढेगा विजयी भएकी छिन् । उनले ६ हजार दुई सय ७७ र एमालको तर्फबाट उपप्रमुखको उम्मेदवार सुशीला पुनले पाँच हजार पाँच सय मत प्राप्त गरेकी छिन् ।
वडा नम्बर १ मा एमालेका सूर्यबहादुर कुँवर मगरलाई पराजित गर्दै कांग्रेसका राजेन्द्रप्रसाद कँडेल विजयी भएका छन् । कँडेलले एक हजार ३२ र कुँवर मगरले आठ सय ८२ मत प्राप्त गरेका छन् । त्यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसका केयरसिंह सारूलाई पराजित गर्दै एमालेका विष्णुप्रसाद गौतम विजयी भएका छन् । गौतमले एक हजार एक सय ६७ र सारूले आठ सय ९३ मत प्राप्त गरे । वडा नम्बर ३ मा एमालेका सुमन कार्कीलाई पराजित गर्दै कांग्रेसका रामबहादुर थापा विजयी भएका छन् ।
थापाले आठ सय ९० र कार्कीले पाँच सय ८३ मत प्राप्त गरेका छन् । वडा नम्बर ४ मा कांग्रेसका चित्रबहादुर डम्बरपाललाई पराजित गर्दै एमालेका देवीराम पोख्रेल विजयी भएका छन् । पोख्रेलले एक हजार दुई सय ५२ र डम्बरपालले एक हजार एक सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । वडा नम्बर ५ मा कांग्रेसका लीलाबहादुर बलाल मगरलाई पराजित गर्दै एमालेका गुणानिधि पौडेल विजयी भएका छन् । पौडेलले सात सय ६१ र बलाल मगरले पाँच सय आठ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा नम्बर ६ मा एमालेका बालसिंह बस्नेतलाई पराजित गर्दै कांग्रेसका मुकेश थापा विजयी भएका छन् । थापाले आठ सय ६२ र बस्नेतले तीन सय २६ मत प्राप्त गरेका छन् । वडा नम्बर ७ मा एमालेका शेरबहादुर कार्कीलाई पराजित गर्दै कांग्रेसका शालिकराम टन्डन विजयी भएका छन् । टन्डनले नौ सय ५४ र कार्कीले पाँच सय ७२ मत प्राप्त गरेका छन् ।