माडी ९ को वडाध्यक्षमा माओवादी केन्द्रका दवाडी विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

माडी नगरपालिका–  ९ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता घनश्याम दवाडी निर्वाचित भएका छन् । दवाडीले एक हजार १८ मत पाउँदै वडाध्यक्ष जितेका हुन् । यसअघि उनी सोही वडाका निर्वाचित वडासदस्य थिए ।

उनका  निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले नेता एवं पूर्ववडाध्यक्ष शिवहरि सुवेदीले पाँच सय आठ मत पाए । उनी यसअघि माडी नगरपालिकाका प्रवक्तासमेत थिए । राप्रपाका उम्मेदवार कुल बहादुर दुराले चार सय ६९ मत ल्याएका थिए ।

सो वडामा वाम लोकतान्त्रिक गठबन्धका सबै उम्मेदवारहरू, महिला सदस्यमा कांग्रेसकी बिना थापा, दलित सदस्यमा माओवादी केन्द्रका हरिमाया विक र खुला सदस्यमा नेपाली कांग्रेसका नारायणदत्त अधिकारी एवं मोहन सिंह स्याङतान निर्वाचित भएका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार