माडी नगरपालिका– १ को वडाध्यक्षमा राप्रपाका युवा नेता अमित लामा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनामा लामाले एक हजार चार सय ३३ मत पाएका थिए । यसअघि उनी सोही वडाको निर्वाचित वडासदस्य थिए ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन चौधरी गुरौले नाै सय ४३ मत पाए भने नेकपा (एमाले) का उम्मेदवार टीकाराम सुवेदीले एक सय २६ मत ल्याए ।
सो वडामा महिला सदस्यमा पनि राप्रपाकी अप्सरा सुवेदी, दलित महिला सदस्य राप्रपाकै गुना धमला लोहार र एक खुल्ला सदस्यमामा पनि राप्रपाकै दीपेन्द्र महतो निर्वाचित भए । अर्का खुला सदस्यमा भने नेपाली कांग्रेसका जयनारायण लामिछाने विजय भएका छन् ।