काठमाडौंमा बालेनले मतान्तर बढाए

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ७२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् । 

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८ मत ल्याएका छन् । 

पाँचदलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ७१९ मत  ल्याएकी छिन् । 

वडा नम्बर १, २, ३, ४  र ३२ नम्बरको मतगणना भइरहेको छ। 

स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

सुझावित समाचार