पोखरा महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले पुनः अग्रता लिएको छ । ६ सय मतगणना हुँदा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका छन् ।
उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले २१८ मत सहित पछ्याएका छन् ।
उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटले २६८ मतका साथ अग्रता कायम राखेकी छिन्् । उनलाई एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जु गुरुङले २१० मत ल्याएर पछ्याइरहेकी छन् ।
राप्रपाका शंकर खरालले ४४ मत र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १० मत ल्याएका छन् ।
पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।