सिरहा नगरपालिका १ को वडाध्यक्षमा जसपाका महेश कुमार यादव विजयी

आइतबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सिरहा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टीका महेश कुमार यादव १ सय मत अन्तरले विजयी भएका छन्। 

यादवले ५ सय ११ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजदेव यादवले ४ सय ११ मत प्राप्त गरेका थिए । 

नेकपा एमालेका झुगुर यादवले १ सय ४५ र  नेकपा एकीकृत समाजवादीले १ सय ३४ मत प्राप्त गरेका छन् ।

वडा अध्यक्षमा निर्वाचित यादव २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसवाट ३ सय ४१ मत प्राप्त गरि विजयी भएका थिए ।
नेपाली काँग्रेसले टिकट दिने सम्भावना नभएपछि यादव वैशाख ११ मा जसपा नेपाल प्रवेश गरेका थिए ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार