काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले सुरुवाती अग्रता कायम राखेका छन् । ३२५९ मतगणना हुँदा शाहले अग्रता जारी राखेका हुन्।
शाहले सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सिर्जना सिंह र एमालेका तर्फबाट उम्मेदवार रहेका केशव स्थापितलाई पछाडि पारिरहेका छन्।
महानगरपालिकाको जारी मतगणनामा १,२,३,४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।
शाहले १०५३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी स्थापितले ८३८ मत प्राप्त गरेका छन् भने सिंहले ६३६ मत प्राप्त गरेकी छिन्।