बुटवल १ मा कांग्रेसका बागी उम्मेदवार विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भए। बस्नेतले ६३६ मत ल्याएका छन्। यहाँ कांग्रेसका आधिकारिक उम्मेदवार तेस्रो भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका महेन्द्र लिगल रहे। लिगल यसअघिको निर्वाचनमा निर्वाचित भएका थिए।

शुद्धोधनमा १ मत अन्तरले गडेरिया विजयी
 रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् । उनले ९९२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ मत ल्याएका छन्  । उनले १ मत अन्तरले चुनाव जितेका हुन्।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार