पोखरामा १५० मत गन्दा एमालेलाई अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा १५० मत गन्दा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ६१ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० मत ल्याएका छन्। 

एमालेको तर्फबाट उपमेयर उम्मेदवार बनेकी मञ्जु गुरुङले ६० मत ल्याएकी छिन्। उनलाई गठबन्धनका उपमेयर उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले ६० मत ल्याएर पछ्याएकी छिन्। पोखरामा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको थियो ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार