सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि वृद्धि गरेको छ। डिजेल र पेट्रोलमा मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि नै लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए। 

 नयाँ मूल्यदरअनुसार पेट्रोल प्रतिलिटर १७० र डिजेल  प्रतिलिटर १५४ रुपैयाँ पुगेकाे छ । 

सुझावित समाचार