पोखरा महानगरमा गठबन्धनलाई सुरुवाती अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत ल्याएका छन् । ५० मत गन्दा उनलाई नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाले २२ मतका साथ उनलाई पछ्याएका छन् । 

गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी कोपिला रानाभाटले २२ मत ल्याएर प्रारम्भिक अग्रता लिएकी छिन् । एमालेको तर्फबाट उपमेयर उम्मेदवार बनेकी मञ्जु गुरुङले २० मत ल्याएर कोपिलालाई पछ्याएकी छिन् । 
नगर विकास समिति र जिल्ला समन्वय समितिको हल गरेर दुई स्थानमा ८ खालमा मतगणना भइरहेको छ । दुवै मतगणनास्थलको बाहिर दलका नेता र समर्थकहरूको ठूलो भिड छ । पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाका बीचमा मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

गठबन्धन र एमाले दुवैपक्षले आफ्नो जित निश्चित रहेको बताएका छन् । मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ । उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङका बीचमा मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । उपमेयरमा ८ जनाका बीचमा प्रतिस्पर्धा छ । पोखरा दुई लाख ७ हजार ७१२ मतदाता रहेकोमा जम्मा १ लाख ४३ हजार २२६ मत खसेको छ ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार