रौतहटको चन्द्रपुर १ मा कांग्रेसले जित्यो वडाध्यक्ष

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले जितको सुरुवात गरेको छ। नेपाली कांग्रेसले चन्द्रपुर १ का खाता खोल्दै विजयी सुरुवात गरेको हो। चन्द्रपुर नगरपालिका वडा नं १ को मतगणना हुँदा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार बलराम  राउत विजयी भएका हुन् । उनले २०१० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका वीरु रखालले ११८२ मत ल्याएका थिए।

चन्द्रपुर १ मा बलराम राउत विजय हुँदा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका उनका साख्खे भाइ गणेश राउतले ५८३ मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो।

चन्द्रपुर १ मा एकीकृत समाजवादीका मेयर उम्मेदवार बाबुराम दाहालले ११ सय ८२ मत ल्याएका छन्। सो वडाबाट माओवादी केन्द्रका हरि पौडेलले ६१३ मत र नेकपा एमालेका मेयर उम्मेदवार शिव आचार्यले २९६ मत ल्याएका छन्। 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार