सर्लाहीका तीन वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सर्लाहीका विभिन्न पालिकाको तीनवटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शनिबार दिउँसोसम्म सार्वजनिक मत परिणामअनुसार जिल्लाको मलंगवा नगरपालिका, हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा गरी तीनवटा वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मलंगवा–१ मा नवलकिशोर राय ४ सय २८ मतसहित विजयी हुँदा हरिपुर्वा–१ मा ३ सय ७५ मतसहित श्यामबाबु राय विजयी भएका छन्। यस्तै, पर्सा गाउँपालिका–१ मा ४ सय ११ मतसहित सतेन्द्र यादव विजयी भएका छन्। निर्वाचन कार्यालयले घोषणा गर्न भने बाँकी रहेको जनाएको छ।

जिल्लाका दुई पालिका बरहथवा नगरपालिका र कौडेना गाउँपालिकाबाहेक अन्य पालिकाका अहिले धमाधम मतगणना कार्य चलिरहेको छ। अधिकांश पालिकामा राति अबेरसम्म मतपेटिका संकलन र रुजु गर्ने क्रम चलेकाले शनिबार ढिला गरी मतगणना सुरु भएको थियो।

सम्पादकको रोजाइ

सुझावित समाचार