त्रिपुरासुन्दरी नगरपालिकामा स्वस्तिक छापको आकार फरक पाइएपछि मतगणना स्थगित

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

डाेल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ को मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको स्वस्तिक छापको भन्दा मतपत्रमा लगाइएको छापको आकार फरक देखिएपछि मतगणना कार्य स्थगित भएको हो । 

निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेका अनुसार कुल खसेको ८ सय ७२ मतमा २ सय १३ गणना गरेर २ सय १४औँ मतगणना गर्दा स्वस्तिक छापको आकार फरक पाइएपछि र गणना भएका सबै मत नेकपा एमालेमा मात्र खसेको पाइएको छ ।  नेपाली कांग्रेस र नेकपा (मओवादी केन्द्र) का उम्मेदवार र मतगणना प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना कार्य विवाद भई स्थगित भएको हो ।
 

सुझावित समाचार