रसुवाको कालिका गाउँपालिका– १ मा माओवादी केन्द्रको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादी केन्द्रका को प्यानल नै विजयी भएको छ । (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए भने एमालेका आङतेम्बाले १ सय ७२ मत ल्याएका छन् ।

महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका छन् । 

२०७४ को निर्वाचनमा पनि माओवादी केन्द्र विजयी भएको थियो । तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार