रसुवाको उत्तरगया गाउँपालिका–१ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेका मारसिङ तामाङ ५ सय ६० मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बमबहादुर तामाङले ४ सय ९६ मत ल्याए ।
यस्तै, सदस्यहरूमा सन्च घले, बुटी तामाङ र ज्ञानु विक विजयी भएका छन् । २०७४ को निर्वाचनमा बमबहादुर तामाङ नयाँ शक्तिबाट वडाध्यक्ष बनेका थिए । उनले यसपटक कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।