सल्यानको शारदा नगरपालिका–१ मा कांग्रेसका पाण्डे विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका प्रदीप पाण्डे विजयी भएका छन् । पाण्डे ६ सय ८३ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का नवराज बुढाथोकीले ५ सय १९ मत प्राप्त गरेका छन् नेकपाएमाले तर्फबाट उम्मेदवार वीरेन्द्र श्रेष्ठले २ सय १९ मत प्राप्त गरेका छन् । 

शरदा नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार प्रकाश भण्डारीले ७ सय १७ मतसहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका प्रमोद श्रेष्ठले ३ सय ९५ मतसहित पछ्याइरहेका छन् । 

एमालेका प्रमोद श्रेष्ठ ३ सय ६४ मतसहित तेस्रो स्थानमा छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार