वीरगन्ज महानगरपालिकाको मतगणना सुरु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाको मतगणना  सुरु भएको छ। महानगरपालिकाको मतगणना ११ बजे बाट सुरु गर्ने भनिए पनि ढिलो गरी तीन बजे बाट सुरु भएको हो।  वीरगन्ज महानगरपालिका १४ पिपरास्थित रहेको नृसिंह माविको ब्लक (सी) मा मतगणना सुरु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १,२ ,३१ र ३२ को मतपेटिका खुलेको छ । 

वीरगन्ज महानगरपालिकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३२ वटै वडामा गरी ९३ हजार ७ सय ८२ मत खसेको जानकारी दिएको हो। यो जम्मा मतदाताको ७५.२४ प्रतिशत हो ।
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार